adv

अलविदा वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटा

दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिए ।

देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए भने सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।पित्तथैलीको क्यान्सरका कारण ६५ वर्षमा निधन भएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार विहान ८ बजेदेखि बाँसबारीस्थित न्युरो अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

उनलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदेश ३ कि प्रदेशप्रमुख अनुराधा कोइराला, विभिन्न राजनीतिक दलका नेताहरु, चिकित्सक, विभिन्न पेशाकर्मी र सर्वसाधारणहरु अस्पताल परिसर पुगेका थिए ।

निधनपछि देवकोटालाई उनको इच्छा अनुसार निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको थियो । दिउँसो १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको देवकोटाको त्यसपछि शवयात्रा सुरु गरिएको थियो ।

लामो समय बेलायतमा उपचार गराएका देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम नेपाल फर्किएका थिए । उनको इच्छा अनुसार गत हप्ता गोरखास्थित आफ्नो जन्मघरमा लगिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु