चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका छन् ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताएका हुन् ।
दुई नेताबीच बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा करिव ४५ मिनेट वान टु वान वार्ता भएको थियो । लगतै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता सेमत भएको छ ।
नेपालले लिएको एक चीन नीतिको प्रशंसा चिनियाँ राष्ट्रपति सीले गरेका छन् । साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने बताएका छन् ।
दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि केपी शर्मा र सी जिनपिङ बिच छलफल भएको छ ।