adv
adv

स्विट सिटिको निःशुल्क आँखा शिविर सम्पन्न

दमक, १२ असार ।


लायन्स क्लब अफ दमक स्विट सिटिको आयोजनामा दमक एभरेष्ट बोर्डिङमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेका छन् । पाथिभरा आई केयर, दमकको विशेषज्ञहरुको सहकार्यमा गरिएको उक्त कार्यक्रममा कक्षा–३ देखि १० सम्मका छात्रछात्राहरुको निःशुल्क रुपमा आँखा जाँच गरेका थिए । उक्त कार्यक्रममा ४८० जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो, १०४ जनालाई उपचार गर्नु पर्ने देखियो भने ५५ जनालाई उपचारको साथै चस्मा पनि लगाउनु पर्ने अवस्था देखिएको थियो ।
आँखाको जाँच गरे पश्चात चस्मा लगाउनु पर्ने अवस्था भएको विद्यार्थीहरुलाई क्लबद्वारा निःशुल्क चस्मा उपलब्ध गराउने क्लबका वर्ष २०१८ का अध्यक्ष रमेश कुमार कामत (विश्वास बाबु) ले जानकारी गराउनु भयो ।


शिविरको अन्त्यमा विद्यालयका शिक्षकहरुलाई विद्यार्थीहरुको आँखाको अवस्थाबारे कसरी बुझ्न सकिन्छ भनेर १ घण्टा अभिमुखि कार्यक्रम पनि गरेका थिए । पाथिभरा आई केयरका सञ्चालक डा. प्रहरद्वारा उक्त अभिमुखि कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु