adv
adv

नगरविकास समतिका पूर्व अध्यक्षको करेन्ट लागेर मृत्यु

धादिङ -नीलकण्ठ नगरपालिका वडा नम्बर–३, धादिङबेसी नगर विकास समितिका पूर्व अध्यक्ष ५५ वर्षीय केशबराज अधिकारीको आइतबार करेन्ट लागेर ज्यान गएको छ ।

घर नजिकै खेतमा खोलाबाट पानी लगाउन लाग्दा पानीतान्ने मोटरको तारबाट करेन्ट लागेर घटनास्थलमै उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । अधिकारी सामाजिक कार्यकर्ता एवं धादिङबेसी नगरविकास समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

 

यसअघि बनाइएको नयाँ घरमा पानी लगाउनलाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका अर्जुन श्रेष्ठको पनि ज्यान गएको थियो ।

-साभार 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु