adv

केपी ओलीलाई डा.केसी समर्थकको चेतावनीः ओलीजी पनि हावा भरिएको बेलुन जस्तो फुलेका छन्,सियोले घोचिदिन्छौं,अनि थाहा हुन्छ !

आमरण अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै उनीहरुले सियोले घोचिदिएपछि आफ्नो हैसियतमा आउने बताए ।

८ दिनदेखि जुम्लामा अनसनरत डा. केसीको समर्थनमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली ‘माफिया’को प्रवक्ता बनेको आरोप लगाए । डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको भन्दै उनले भने ‘उखान टुक्काको विज्ञ त मानेकै थियौं, अब चिकित्सा शिक्षाको विज्ञ पनि भएछन् । किनभने मेडिकल माफियाले उनको कान फुकेका छन् ।’

उनले माफियाको पैसाले चुनाव जितेकाहरुले डा. केसी र गंगामायाहरुलाई अनसनमै मार्न खोजेको आरोप लगाए । ‘सरकारले मरे पनि मरोस्, हाइसञ्चो हुन्छ भन्ने ठानेको छ’ प्रधानमन्त्रीको आलोचना गर्दै उनले भने, ‘यो पुरा हुन दिन्नौं ।’

डा. केसीको सत्याग्रहको बलमा लोकमान सिंह कार्की र गोपाल पराजुलीहरु ढलेको उनले स्मरण गरे । अधिवक्ता अर्यालले भने, ओलीजी पनि हावा भरिएको बेलुन जस्तो फुलेका छन्, हामीले सियो घोचिदिन्छौं, अनि थाहा हुन्छ ।’

मानवअधिकारकर्मी चरण प्रसाईले प्रधानमन्त्री र गृहमन्त्री नेकपाको मात्र हो कि आम नागरिकको भन्ने प्रश्न गरे । ‘उहाँहरु नेकपाको मात्र हो भने हामीलाई चाहिँदैन भनेर नागरिक स्तरबाटै अस्वीकार गरौं’ उनले भनेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु