adv

श्रीमानले अर्की श्रीमति नल्याएको कारण ‘नोट’ लेखेर आत्महत्या

२६ असार, । श्रीमानले अर्काे बिहे गर्न नमाने पछी  सुसाइड नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छन् ।  पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमान्लाई अर्काे विहे गरेर छोरा जन्माउनका लागि सहज होस् भनेर आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार मल्लले श्रीमान डिलबहादुरलाई छोरा जन्माउन अर्काे विवाह गर्न दवाव दिँदै आएका थिए ।  उनले आफ्नो छोरीलाई समेत पिर, दुःख नमान्नु भन्दै सचेत गराएकी छन् । पर्वतका एसपी दीपक रेग्मीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु