adv
adv

‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक

यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको डान्सिङ गीत सार्वजनिक गरिएको छ । अभिनेत्री ऋचा सिंह ठकुरी र विनोद न्यौपाने फिचर गीतमा राजेशपायल राईको स्वार रहेको छ ।


दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । ऋचालाई सुनको जुहार सुहाउने मुहार भन्दै गीतमा विनोद तारिफ गरिरहेका छन् । विवाहपछि पर्दामा नदेखिएकी अभिनेत्री ठकुरीको यो कमब्याक फिल्म हो ।

कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र विनोदसँगै गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

गीत हेर्नुहोस् :-

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु