adv

टेक्सटायल उद्योगले अवैधानिक रुपमा निर्यात हुने कपडामा रोक लगाउन गरे सरकारसँग माग

निजी क्षेत्रबाट सञ्चालित मुुलुकको सबैभन्दा ठूलो मानिएको प्रगति टेक्सटायल उद्योगले अवैधानिक ढंगले निर्यात हुने कपडामा रोक लगाउन सरकारसँग माग गरेको छ ।

नेपालमा करिब ८० प्रतिशत कपडा अवैध ढंगले निर्यात हुने गरेको उल्लेख गर्दै उद्योगले त्यसमा रोक नलगाए नेपाली कपडा उद्योग धरासायी हुने चेतावनी समेत दिएको छ । विराटनगरमा करिब १ अर्ब लगानीमा सञ्चालन हुँदै आएको उद्योगका प्रशासन प्रमुख महेश पोखरेलले अवैध रुपमा भित्रने गरेका कपडा बन्द नभए नेपाली कपडा उद्योग धराशायी हुने अवस्थामा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले स्वदेश उद्योगको प्रवद्र्धन गर्न पनि कपडाको कच्चा पदार्थमा लगाउने गरेको अतिरिक्त भ्याटको व्यवस्था तत्काल हटाउन पनि माग गर्नुभयो । कपडा उद्योगमा सरकारले भर्खरै लगाएको अतिरिक्त शुल्क नहटाए नेपाली कपडा उद्योग चल्न नसक्ने उद्योगको दाबी छ ।

टेक्सटायल उद्योगले अहिले वार्षिक रुपमा १ करोड मिटर कपडा उत्पादन गर्दै आएको छ । कम्पनीका सञ्चालक जीतेन्द्र लोहियाले स्वदेशी कपडाको उत्पादकत्व बढाउने दिशामा मजदुर संगठनहरुले पनि पहल गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । उहाँले स्वदेशमै कपडाको माग धान्न उत्पादन वृद्धि गर्नेतर्फ मजदुरहरु पनि लाग्नुपर्ने बताउनुभयो ।

उहाँले उत्पादनमा ध्यान नदिने तर सुविधाका लागि माग मात्रै गर्ने मजदुरहरुलाई बिदाई गर्ने नीति उद्योगको रहेको पनि स्पष्ट पार्नुभयो । यो उद्योगले भर्खरै ५ हजारभन्दा बढीलाई रोजगार दिएको छ । उद्योगका सञ्चालन लोहियाले उद्योग संचालनका लागि आवश्यक कर्मचारीहरुलाई दक्ष बनाउने काममा पनि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

स्वदेशी उद्योग भएर पनि त्यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिकता नदिएको उद्योगको गुनासो छ । नेपालमा अहिले कपडा उद्योगबाट मात्रै २० अर्ब बढी राजस्व संकलन हुने गरेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु