adv
adv

काठमाडौंको जडिबुटीमा टिप्परको ठक्करबाट गयो एक जनाको ज्यान

काठमाडौंको जडिबुटीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका भक्तपुरका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको हो ।

मंगलबार दिउँसो बा ४ ख ८७ २५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुवेदीको घटनास्थलमा नै ज्यान गएको हो ।

मोटरसाइकल चालक अमन ढुंगेल घाइते भएको र उहाँको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु