नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भेट गर्नुभएको छ ।
भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो । भेटका अवसरमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आउँदो भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गर्नुभयो ।
निम्ता सत्तारुढ वकर्स पार्टी अफ् कोरियाको तर्फबाट आएको जनाइएको छ। निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताउनुभएको छ ।
प्रचण्डले पछिल्लो पटक कोरियन उपमहाद्विपमा भइरहेको तीव्र राजनीतिक तथा कुटनैतिक विकासक्रम प्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताउनुभयो ।