adv

मेयर सुब्बाको अन्तिम श्रद्धाञ्जलिका लागी उप–प्रधानमन्त्रि देखि मुख्य मन्त्रि सम्म

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा जस्ता निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाई समेत ठूलो क्षति भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख स्व लिम्बुको धरानस्थित पब्लिक माविको खेलमैदानमा राखिएको पार्थिव शरीरमा आज नेपालको राष्ट्रिय झण्डासहित पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।

धरान उपमहानगरको विकासमा प्रमुख लिम्बुले देख्नुभएको विकासका थुप्रै सपना अधुरै छोडेर जानुभएकाले सबै अधुरा सपना धरानवासीले मिलेर पूरा गर्नु नै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि र सम्झना हुने उपप्रधानमन्त्री पोख्र्रेलको भनाइ थियो ।

सोही क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री एवं नेकपाका नेता भीम आचार्य, प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारी मन्त्रीगण अन्य उच्च पदस्थ कर्मचारी एवं नेपाली काँग्रेसका नेता एवं सांसद तथा अन्य सर्वसाधारणले समेत स्व लिम्बुको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई धरान–१२ चतरा लाइन भएर विभिन्न वडाको मुख्य बजार क्षेत्रको परिक्रमापछि लिम्बू जातीय परम्परा अनुसार धरानको हरियाली सामुदायिक वन क्षेत्रमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गरिएको छ । उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पणका लागि भोलि प्रदेश नं १ का सबै स्थानीय तह बन्द रहने निर्णयसमेत गरेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु