adv

आदिवासी रंगशालाको मनोनितसहित सल्लाहकार समिति गठन

कमल, ५ साउन

झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको कार्यसमिति विस्तार गरिएको छ । आज सम्पन्न रंगशाला समितिको पूर्ण बैठकले कार्यसमिति सदस्यमा ३ जना मनोनित गर्नुका साथै १६ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको छ ।
मनोनित सदस्यहरुमा दमकका जितु धिमाल, दमककै भरुवा राजवंशी र शिवसताक्षीबाट प्रेम शेर्मा रहेका छन् । त्यस्तै गठित सल्लाहकार समितिमा महेन्द्रकुमारी सुब्बा, नित्यानन्द ताजपुरिया,पारसमणि राई, दिलीप राई, धिरेन लावती,इन्द्रमान चाम्लिङ ,प्रविण चाम्लिङ,सुमित्रा वाङदेल चेली रहेका छन् । त्यस्तै, ढुण्डिराज भण्डारी,कमन देवान,विष्णु सुब्बा, भिमराज केरुङ, सुर्य यकपाङदेन,बासुदेव राई ,दिपक धिमाल र गुमानसिंह तामाङ रहेका छन् ।
सोहि बैठकले रंगशाला समितिलाई थप व्यवस्थित गराउन विभिन्न दुई वटा विभागीय उपसमिति समेत गठन गरिएको रंगशालाका अध्यक्ष हुकुमसिंह राईले बताए । बैठकले भोजकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय रंगशाला व्यवस्थापन उपसमिति गठन गरिएको छ । सो गठित उपसमितिको सदस्यहरुमा सन्तोष कार्की, भिमराज राई,चन्द्र प्रसाद ताजपुरिया ,चन्द्रकला सुब्बा रहेका छन् । त्यस्तै , दिपेनवाला राईको संयोजकत्वमा सुसन राई र दिपक न्यौपाने रहेको तीन सदस्यीय सञ्चार उपसमिति गठन गरिएको छ । संस्थाको विधान बमोजिम केहि सदस्यसहित सल्लाहकार समितिमा समेत थप गरिने महासचिव दिपेनवाला राईले बताए । २०६६ सालमा स्थापित सो रंगशाला प्रतिष्ठानको गत चैत २९ गते सम्पन्न प्रथम महाधिबेशनले हुकुमसिंह राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु