adv

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कांग्रेसलाई सुझाव : डा. केसीलाई चिकित्सक पेशाबाट राजीनामा गर्न लगाएर कांग्रेसको सभापति बनाए हुन्छ

नवलपरासी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनसनरत डाक्टर गोविन्द केसीलाई सभापति बनाउन कांग्रेसलाई सुझाव दिएका छन् ।

नवलपुरमा सोमबार पुष्पलाल श्रेष्ठको ४० औं स्मृति सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने-‘ कांग्रेसको नेतृत्व अहिले संकटमा छ । अब डा. गोविन्द केसीलाई चिकित्सक पेशाबाट राजीनामा गर्न लगाएर सभापति बनाए हुन्छ ।’

मुख्यमन्त्री गुरुङले गोविन्द केसीलाई बोकेर कांग्रेसले च्याखे थापेको आरोप समेत लगाए । तर, उनले कांग्रेसले गोविन्द केसीलाई अगाडि सारेर च्याँखे थापे पनि सरकारकौ रौं पनि नहल्लिने उनको दावी छ ।

कम्युनिष्ट सरकारले जनजीवीकाका सवालमा राम्रो गर्दै गइरहेकाले कांग्रेस अत्तालिएर विभिन्न बहाना बनाएको भन्दै उनले कुनै एक व्यक्तिलाई उचालेर आन्दोलन गर्दैमा माग पूरा गर्न नसकिने बताए ।

गुरुङले सबै निजी स्वास्थ्य संस्थाहरुलाई केही दिन भित्रै राष्ट्रियकरण गर्न सकिने भएपनि यो सरकार व्यक्तिगत पूँजीको संरक्षणमा पनि उत्तिकै संवेदनशील रहेकोले त्यसो नगरिएको स्पष्ट पारे ।

नेकपाका नेतासमेत रहेका गुरुङले अब नेपालमा कम्युनिस्ट सरकार २५ वर्षसम्म टिक्ने दावीसमेत गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु