adv

मोवाइल चार्ज गर्दा करेन्ट लागेर २ जनाको घटनास्थलमा मृत्यु

सर्लाही ।  सर्लाहीको हरिपुर्वामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका ९ बगेवामा करेन्ट लागेर १४ बर्षीया सुनिता खत्वे र ३६ बर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घरमा मोबाईल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा करेण्ट सर्ट भई करेन्ट लागेर दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सामान्य घाइते भएकी २७ बर्षीय पूर्णदेवी महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

मृतकको शव पोष्मार्टमको लागि जिल्ला अस्पताल मंलगवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु