adv

मिक्लाजुङ–६ लाई साइरन वितरण साथै मृगौला पिडितलाई सहयोग

आपत विपद्को समयमा गाउँलाई सचेत गराउने हेतुले स्विट सिटी र मिक्लाजुङ लायन्स क्लबले संयुक्त रुपमा मिक्लाजुङ गाउँपालिकाको वार्ड नं. ६ मा साइरन वितरण कार्य सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा स्विट सिटीका अध्यक्ष लायन विश्वास बाबु र मिक्लाजुङका लायन रुद्र भण्डारीको संयुक्त अध्यक्षता भएको थियो भने प्रमुख अतिथि लायन अनन्त भेट्वाल पि.एम.जे.एफ., सेकेन्ड सेन्चुरी एम्बासेडर, लायन ३२५ ए.वान का गर्भनर साथै लायन्स डिष्ट्रिक ३२५ ए.वान अग्रज लायन्सहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक लायन मन नेम्बाङले गर्नु भएको थियो भने स्वागत मन्तव्य लायन खेम सापकोटाले राख्नु भयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देविप्रसाद आचार्यले पनि मन्तव्य राख्नु भयो ।


साइरन वितरण कार्यक्रम सकिए पछि मृगौला पिडित सविता राईलाई ५२,८०५/– वितरण गर्ने कार्य स्विट सिटि र मिक्लाजुङ लायन्स क्लब साथै अन्य लायन्सका अग्रजहरुद्वारा संयुक्त रुपमा गर्नु भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु