झापा, ३ भदौ ।
झापाको झापा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालको गाउँ तदर्थ समिति गठन भएको छ । शनिबार सम्मन गाउँ भेला कार्यक्रमले साम महमद मियाको अध्यक्षतामा २१ सदस्य समिति गठन गरेको छ । उपाध्यक्षमा नरेन्द्र कुमार आङ्देम्बे, बलराम यादव, सचिव रञ्जित यादव, सह–सचिवमा समीर खान, कोषाध्यक्षमा रमिता यादव, सदस्यहरुमा पूर्ण कुमार लिम्बु, महावीर राजवंशी, हेमराज श्रेष्ठ, वीरबहादुर आङ्देम्बे, रविना खातुन, सुरज सुब्बा, वैजनाथ गिरि, फैसल सेक, महमद सनाउल, युवश राई, लाल महमद मिया, हासी मुदिन, सरिता राई, नारद महत्तो र बुदन सोरेन रहेको छ ।
साथै संघीय समाजवादी फोरम, नेपाल झापा गाउँ समितिले कमल प्रसाद गणेश, अरुण दास र सुन्दर गणेशको ३ सदस्यी सल्लाहकार समिति समेत चयन गरेको छ ।
नवगठित समितिलाई पार्टीको विधान अनुसार पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङले सफत ग्रहण गराएका थिए ।
आयोजक समितिका संयोजक साम महमद मियाको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा पार्टीका लिम्बुवान प्रदेश समिति सदस्य गौरिमान राई, भरत श्रेष्ठ , जिल्ला सदस्यहरु हर्कराज खालिङ, कमल प्रसाद गणेश , नरेन्द्र आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।