adv

घ्यू कुमारीको औषधिजन्य चमत्कारीक फाईदाहरु जान्नुहोस्-

तपाईले घ्यू कुमारीको प्रयोग गर्नु जान्नु भयो भने यो थुप्रै किसिमका औषधीयुक्त गुणले भरिएको छ । यसले तपाईमा भएका थुप्रै किसिमका स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी रोगलाई निर्मुल पार्न चमत्कारीक रुपमा सहयोग गर्छ । छालाको रोगको लागि घ्यू कुमारीलाई निकै फाइदाजनक मानिन्छ ।

यसलाई छालामा सौन्दर्यता ल्याउनको लागि प्रयोग गरिन्छ । यसको प्रयोगले छालालाई नरम र चम्किलो बनाउनको लागि पनि सहयोग गर्छ । यती मात्र होईन यसको अनेकौ फाईदाहरु छन् । आउनुहोस्, घ्यू कुमारीको फाईदाहरु के-कस्ता रहेका छन् त ? यस बारेमा जानी राखौ:-

स्वास्थ्य सम्बन्धी फाईदाहरु-

 

आँखाको रोगमा

घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

कानको रोगमा

घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

मस्तिष्कको रोगमा

नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

पुरानो ज्वरोमा

घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ।

जण्डीस, कमलपित्त भएमा

बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

खटिरामा

घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

वायुगोला्गानो गएमा

१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली
पेट केही दिन खाएमा ठीक हुन्छ ।

चिनी रोग डाइबेटिजमा

१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व ९चिनी० फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

यौवनवान बनिरहन

२ चम्चा घ्यू कुमारीको गुदी बिहान्बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

कुनै पनि विषमा

घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

टाउको दुखेमा

घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

पेटमा गाँठो देखिएमा

घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

बच्चालाई कब्जिएत भएमा

घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

वाथ भएमा

घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

मर्केको, चोट लागेको र सुनिएकोमा

घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

दाद आएमा

घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ।

 

सौन्दर्य सम्बन्धी फाईदाहरु-

१.राम्ररी पखाल्नुहोस् : सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।

 

२. नरम बनाउनुहोस् : यसपछि घ्यू कुमारीको पातलाई जोडले हानेर नरम बनाउनुहोस् । यसको लागि तपार्इले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ।

 

३. दुई टुक्रामा काट्नुहोस् : घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र काट्नुहोस् ।

 

४.किनारालाई काट्नुहोस् : एउटा चक्कुको मद्धतले घ्युकुमारीको दुबै भागको किनारालाई काट्नुहोस् । यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसलाई खुर्काउनसक्नुहुनेछ ।

 

५.चिरेर दुई भागमा छुटाउनुहोस् : घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।

 

६.रसलाई बाहिर निकाल्नुहोस् : एउटा चम्चाको मद्धतले घ्युकुमारीको पातबाट रसलाई निकाल्नुहोस् । तपाइँले जति सक्नुहुन्छ , त्यति नै यसबाट रसलाई निकाल्न सक्नुहुन्छ । यसपछि रसलाई एउटा भाँडोमा हाल्नुहोस् ।

 

७.अनुहारमा दल्नुहोस् : औंलाको मद्धतले घ्युकुमारीको रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपार्इले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ – २ मिनेटसम्म त्यसै छोड्नुहोस् ।

 

८. अनुहारलाई पखाल्नुहोस् : फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।

 

९.परिणाम : त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् । तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपार्इको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपार्इ दंग पर्नुहुने ।

यदि तपाईले घुयू कुमारीको प्रयोग गर्दा तपाईको फेसमा समस्या आएका सम्बन्धित डक्टरसँग सम्पर्क गरि यसको उचित औषधीको प्रयोग गर्न सक्नुहुनेछ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु