फिजीमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागकाअनुसार फिजीमा आइतबार बिहान ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।
फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
तर, भूकम्प गएपछि मानिसहरुको भागभाग भएको थियो । मानिसहरु सडकमा निस्किएर ज्यान जोगाउने प्रयास गरेका थिए । भूकम्पपछि सुनामीको खतरा नरहेको बताइएको छ ।
जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएकाले सुनामीको सम्भावना नरहेको हो ।