adv

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन

रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर वरिष्ठ कलाकार हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको भाद्र १५ गते विहान १ बजे निधन भएको हो ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई विहान १० बजेदेखि उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिने फिल्म निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।

अन्त्येष्टिका लागि उनको पार्थिव शरीर दिउँसो १ बजे कुनै तडकभडक नगरि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार रिमालले दर्जनौं सम्झनलायक फिल्ममा अभिनय गरेका छन् ।

‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् । उनी गायन, निर्देशन, संगीत र अभिनय विधामा अब्बल मानिन्छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु