असोज ५ गते बाट प्रदर्शन मा आउन लागेको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत चलचित्र ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
‘कन्टेन्ट’ यूक्त ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै अटाइएको छ । आर्यन र सृष्टि बीचको प्रेम सम्बन्धले ल्याउने आरोहअवरोहलाई देखाउन खोजिएको छ । दुईको केमेस्ट्री लोभलाग्दो देख्न सकिन्छ ।
शिर्ष गीत सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलरमा प्रेमिल संवादहरु बढी प्रयोग गरिएको छ ।
लभस्टोरी फिल्मका पाखरीका लागि निर्देशक सविर श्रेष्ठले गतिलो प्याकेज बोकेर आएको ट्रेलरबाट अनुमान गर्न गाह्रो छैन । पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् ।
फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
यो चलचित्र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’सँग जुध्ने भएको छ ।
ट्रेलर हेर्नुहोस् :