लायन्स क्लब अफ मिक्लाजुङको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । दमक स्विट सिटिले मातृत्व प्रदान गरेको यस नव गठित यस लायन्स क्लब मिक्लाजुङ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको छ । मंगलबार, शुसिला चलचित्र मन्दिर मधुमल्लामा भएको वृहत पदस्थापन कार्यक्रमका प्रमुख अतिथि ३२५ ए–१ का डिष्ट्रिक गर्भनर लायन अनन्त प्रसाद भेटवालले गर्नु भएको थियो । उहाँले सपथ गराउदै भन्नु भयो –“नव गठित यस लायन्स क्लबले मिक्लाजुङको सम्पूर्ण क्षेत्रमा विकास गर्नका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।” साथै कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा रहेका बिविध क्षेत्रहरुको बिकासमा हातेमालो गर्दै निरन्तर समाज, राष्ट्र र विश्व सामु मानवीय सेवा पुर्याउनु लायन्सका मुख्य जिम्मेवारी भएको बताउउनु भयो ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले मिक्लाजुङ गाउँपालीका आगामी दिनहरुमा लान्यस क्लब मिक्लाजुङसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लायन्स आई.पि.डिजी लायन लिला ढुङ्गेल, डिष्टिक क्याबिनेट सेक्रेटरी लायन रेवत कार्की, रिजन चियर पर्शन लायन प्रहर क्षेत्री, जोन चियर पर्सन लायन कोमल शाक्यको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा मिक्लाजुङका संघ संस्था प्रतिनिधीहरुको उल्लेखीय मात्रामा सहभागीता रहेको थियो । यस क्लबलाई मातृत्व प्रदान गर्ने लायन्स क्लब अफ दमक स्विट सीटिका प्रेसिडेन्ट लायन विश्वास बावु कास्यपले पदस्थापन कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संयोजक लायन बिमल कुवंरले गर्नु भएको थियो भने संचालन लायन मन नेम्बाङ र सहयोग लायन सुरेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रम मिक्लाजुङ लायन्स क्लबका अध्यक्ष लायन रुद्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।