adv

‘कथा काठमाण्डु’ को प्रोमो तत्काल हटाउन बोर्डलको निर्देशन, नहटाइएमा कारवाही गर्ने चेतावनी {भिडियो}

संगीता श्रेष्ठको निर्देशन गरेको चलचित्र ‘कथा काठमाण्डु’ को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । अश्लिल दृश्य सहितको प्रोमो युटुबमा प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविच शारीरिक सम्बन्ध हुँदै गरेको दृश्यले यो चलचित्रलाई विवादमा तानेको छ । सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको हो ।

यदि, प्रोमो नहटाइएमा कारवाही गर्ने चेतावनी समेत बोर्डको छ ।  बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा समेत पठाईसकेको छ ।

चलचित्र विकास बोर्डले काटेको पत्र-

 

यता, निर्देशक संगीता श्रेष्ठले भने बोर्डले रिलिजको बेला अनावश्यक तनाब दिएको  बताएकी छन् ।

बोर्डले काटेको पत्रको जवाफ आफूले दिइसकेको उनको भनाइ रहेको छ । उनले भनिन्- ‘बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो प्रोमोको होइन । अरु च्यानलको लिंकलाई लिएर हामीलाई कारबाही गर्छु भन्नु कति उचित छ ?’

पत्रमा बोर्डले प्रोमोलाई अश्लिल भनेकोप्रति पनि उनले आपत्ति जनाएकी छ न् । ‘एउटा जिम्मेवार संस्थाले प्रोमोलाई अश्लिल भन्न मिल्छ ?’ उनले कड्किदै भनी न् – ‘आपत्तिजनक भनेको भए स्वभाविक हुने थियो । अश्लिल भन्न मिल्दैन ।’ उनले चलचित्रको कथा नै प्रोमो र गीतमा देखाएको स मे त् ब ताएकी छ न् ।

‘श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । चलचित्रले यही कथा बोलेको छ । के एउटा मेकर्सले आफ्नो कथा भन्न पाउने अधिकार पनि छैन ?’ निर्देशक श्रेष्ठले बोर्डलाई प्रश्न गरिन् ।

यो चलचित्र बोर्डले पत्र काटेपछि यसको रिलिज अन्यौलमा परेको छ । अहिले चलचित्रको टिम मोफसल प्रचारमा व्यस्त छ न् । बोर्डले पत्र काटेसँगै चलचित्रको प्रचारमा समेत असर परेको छ ।

यो चलचित्रको गीत र प्रोमो सार्वजनिक गरेपछी विवाद र चर्चाको घेरामा परेको छ । चलचित्र असोज १२ गतेबाट प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु