adv

आज ऋषि पञ्चमी, सप्तऋषिको पुजा–आराधाना गरी मनाईदै

शुक्रवार ।   सात ऋषिहरुको पुजाआराधाना गरी आज ऋषि पञ्चमी पर्व मनाईदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले सप्तऋषिको उपासना गरि यो पर्व मनाउँदैछन ।

आजको दिनमा नारीहरुले सवेरै उठेर नदी, तालहरुमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पुजाअर्चना गर्ने चलन रहेको छ ।

 

आजको दिन सप्तऋषिको पूजा गर्नाले प्रशवी अवस्थामा त्रुटी भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक जनविश्वास रहि आएकोछ । स्नान गरेपछि सप्तऋषि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, काश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु