adv

  भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को ज्यान गयो

५ असोज  ।।  भक्तपुरको सूर्यविनायक–९ हवनवमा गएराति मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्‍यु भएको छ ।

बनेपा जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको ज्यान गएको हो ।

 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि बसेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारी रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए ।

 

घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याएपछी अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । घटनापछि प्रहरीले फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु