adv

एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै स्टार बन्ने दाउमा अफगानिस्तान

५ असोज  ।।  एसिया कप क्रिकेटमा अफगानिस्तानले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै समूह बीको विजेता बन्न सफल भएको छ ।

गएराती भएको समूह बीको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले पराजित गर्दै नतिजा हात पारेको हो । अघिको खेलमा पनि श्रीलंकामाथि अफगानिस्तानले आफ्नो पहिलो खेलमा ९१ रनको जित हात पार्न सफल भएको थियो ।

 

आबुधावीस्थित शेख जायद स्टेडियममा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशमाथि भारीअन्तरले विजयी भएसँगै अफगानिस्तान समूह बी को विजेता बनेको हो । बंगलादेशका लागि शाकिब अल हसनले ३२, ममुदउल्लाहले २७ र मोसाडेक हुसेनले अविजित २६ रन बनाएपनि अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र गुलाबदिन नाइबले समान २–२ विकेट लिएका थिए ।

 

यसअघि भने टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, राशिद खानले अविजित ५७ र गुलाबदिन नाइबले अविजित ४२ रन बनाएपछि अफगानिस्तानले राम्रो योगफल तय गरेको हो । यता, बंगलादेशका सकिब अल हसनले भने ४ विकेट लिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु