adv

विक्षित अवस्थामा एक युवकको शव फेला


७ असोज, मोरङ ।। विराटनगर महानगरपालिका १७ र १८ नम्बर वडाको सिमानामा पर्ने नहरको होमपाइप भित्र एक युवकको शव फेला परेको छ । विराटनगर रानीस्थित छाला उद्योगको पूर्वपट्टिको भित्री सडकको हृयुमपाइप भित्र गलेको अवस्थामा शव भेटिएको हो ।

शवको टाउको र शरिर छुट्टिएको अवस्थामा रहेको थियो । विभत्स अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५–२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

प्रहरीले स्काभेटरको प्रयोग गरी ह्युमपाइपबाट शव निकालेको थियो । सडक आवतजावत गर्ने स्थानीयबासीले दुर्गन्ध फैलिएपछि हृयुमपाइप भित्र हेर्दा शव आज बिहान भेटेका थिए । युवकलाई हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विराटनगर महानगरपालिका १४ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गत साउन १८ गते नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । कल्भर्टमुनिको दहमा नग्न अवस्थामा भेटिएकी युवतीको अझै पहिचान हुन सकेको छैन । युवतीको पहिचान हुन नसकिरहेको अवस्थामा आज शव भेटिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु