adv

मोवाइलको लक बिर्सेर तनावमा हुनुहुन्छ भने यसरी आँफै खोल्नुहोस् {पासवर्ड बिर्सिए यस्तो छ समाधान}

समयको गतिशिलतासँगै विकास र प्रबिधि पनि परिवर्तनशिल छ । दिन-प्रतिदिन संचारको दुनियामा तिब्र विकास भैरहेको छ । अहिले सबैको हातमा स्मार्टफोन हुन्छ नै । र, स्मार्टफोनलाई सुरक्षित राख्नका लागि प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राख्ने गरेका हुन्छन् ।

तर, कहिलेकाहीँ हामी आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छौ, र तनाव हुन्छ ।  लक सिस्टमकै कारण कती मानिसले त मोबाइल नै परिवर्तन पनि गर्छन् । तर, अब त्यस्तो अवस्था आयो भने तपाईको मोबाइलको लक खोल्न हामी तपाईंलाई सजिलो उपाय बताउँदैछौं ।

. सर्वप्रथम, तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने, मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।

२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम सबै एकै पटक दबाउनुस् ।

३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँच वटा अप्सन देखिनेछन् ।

– रिबुट डाटा (reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
 – इन्स्टल अपडेट (Install Update)
पावर डाउन (Power down) र एड्भान्स अप्सन (Advance Options)

४. यि चार अप्सनमध्ये तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।

५. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ । जसमा एस (Yes) सेलेक्ट गर्नुस् । तर, त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ, त्यो बारेमा अघाडि सोच्नु जरुरी छ ।

६. यी सबै ५ नम्बरको प्रक्रियामा आधारित हुनेछ । जसलाई केही समय लाग्नसक्छ । त्यसपछी भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस् । त्यसपछि तपाईँको स्मार्टफोन अनलक भइसकेको हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु