खोटाङ, ७ असोज । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन ओली सरकारलाई महिला संघ खोटाङले आइतबार चस्मा उपहार पठाएको छ ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब २ महिला वितिसक्दा समेत सरकारले दोषि पत्ता लगाइ कानूनी कार्वाही गर्न नसकेकाले सत्य तथ्य पत्ता लगाइ कानून अनुसारको कडा भन्दा कडा कार्वाहीको माग गर्दै प्रधानमन्त्रीलाई चस्मा उपहार पठाएको हो ।
निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै असोज १ गते दिक्तेलमा बिरोर्ध याली प्रदर्शन गरेको महिला संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चस्मा पठाएको हो ।
निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्नेक्रममा सरकारको ‘दृष्टिभ्रम नहोस’ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चस्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताईन् ।