adv

अरुणा लामाको चर्चित गीत ‘ए कान्छा…यश कुमारको नयाँ भर्सनमा हेर्नुहोस् {भिडियो}

चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । दशक अगाडिको अरुणा लामा र रुद्र गुरुङ्गको चर्चित गीत ‘ए कान्छा…’ को पहिलो हरफलाई रि-रेकडिङ गरिएको छ ।

गायक यश कुमारले नयाँ भर्सनमा गाएको गीतमा सुनिता थिगिमले साथ दिएकी छन् । पासाङ ब्याङ्गबल र यशले गीतको शब्द लेखेका हुन् । अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

भिडियोमा यश कुमार र नव-नायिका कामना भुजेललाई फिचर्ड गरिएको छ । गीतको छायांकन र लोकेशन निकै गजबको छ भने, अभिनेता-अभिनेत्रीको केमेस्ट्री पनि गज्जबकै देखिएको छ । यो चलचित्रले बहुपतिप्रथाको कथा बोल्नेछ । गायक तथा अभिनेता निमा रुम्बा पनि चलचित्रमा लिड रोलमा रहेका छन् । चलचित्रलाई सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीले निर्माण गरेका छ्न् । चलचित्रको कथा भने यश कुमार र याम थापाले मिलेर लेखेका हुन् ।
चलचित्र ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको शरीरिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको मुख्य कथावस्तु हो । गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत यो चलचित्र असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु