adv

प्रधानमन्त्रीले यसरी गुहार माग्नु लज्जास्पद हो : विजयकुमार गच्छदार

११ असोज ।। नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् ।

बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे । उनले भने- ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ । प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको सुनेको थिइन । प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीयलाई उचाल्नुहुन्छ ।’

नेता गच्छदारले प्रधानमन्त्रीले सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए ।

 

प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोप समेत लगाएका छन् ।

सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै सत्तापक्षले नै सरकारको विरोध गरेको पहिलो पटक देखेको गच्छदारले टिप्पणी गरे । ‘सत्ता पक्षबाटै सरकारको आलोचना भयो। आलोचनामात्रै होइन सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ । २६/२७ वर्षको इतिहासमा यस्तो पाएको थिइन’ – उनले भने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु