
८ कात्तिक ।। किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेको छ ।
बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार- पारिवारिक चिनजान समेत रहेको किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए । तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिए ।
त्यसै, आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । एक प्रहरी अधिकारीले भने- ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ ।’ प्रहरीले युवकविरुद्ध करणी उद्योग सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

