सहमतीय आधारमा संविधान संशोधन नभए सरकार छाडिने संघीय समाजवादी फोरम, नेपालका राजनीतिक समिति सदस्य प्रवीण चाम्लिङले बताएका छन् ।

बुधबार सङ्घीय प्रेस फोरम झापाले आयोजना गरेको चाड केन्द्रित शुभकामना कार्यक्रममा बोल्दै नेता चाम्लिङले भने–‘नेकपासँग दुईबुँदे लिखित सहमति अनुसार सरकारमा सामेल भएका हौं । चाडवाड सकिएलगतै संविधान संशोधन नभए सरकारमा नरहन सक्छौं ।’
उनले थपे –‘प्रधानमन्त्रीले चाडवाड सम्पन्न भएलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएकोले हामी आशावादी छौं ।’

सङ्घीय प्रेस फोरम झापाका अध्यक्ष देशराज नेम्बाङको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिदेवी राई, प्रदेश नं. १ सदस्य धिरेन लावती, ओममाया आङदेम्बे, लिम्बुवान प्रदेश सदस्य सुशिल राई, गंगा शेर्मा, नगर सचिव खेम दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश नंं १ का सदस्य विमल लामिछाने, नेपाल प्रेस युनियनका झापा जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पाटीका प्रदेश सदस्य साहरा थेवे, झापा जिल्ला सह–सचिव दिपक न्यौपाने, संघीय ट्रेड युनियनका केन्द्रीय सदस्य, अनिल लामा, झापा जिल्ला पाटी सल्लाहकार सुजन राई, दमक नगर इन्चार्ज ज्ञानेन्द्र कुरुम्भङ, समाजवादी विद्यार्थी फोरम झापाका सहसंयोजक सुनिल राई, पत्रकार विष्णु पौडेल, दिनेश ढंगाल, विष्णु पोख्रेल, गोपाल झापालि, भुमिराज पराजुली, विन्दु मुकारुङ लगायतको उपस्थिति रहेको कार्यक्रम सुसन राईले सञ्चालन गरेका थिए ।

