कात्तिक, २८ ।। नेपाल प्रहरीले एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाएको छ ।
जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को “डिजिटल गभर्मेन्ट अवार्ड” दिएको हो ।
विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
टोकियोमा २२ कात्तिकमा कम्प्यूटर एसोसिएन नेपाल महासंघका सदस्य डा. अभिजित गुप्ताले एएसओसीआईओका अध्यक्ष डेबिड वाङबाट ग्रहण गरेको अवार्ड बुधबार आईजीपी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरिएको छ ।
यसअघि नेपाल प्रहरीले १ भदौमा स्वदेशमै “आईसीटी अवार्ड–२०१८” पनि पाएको थियो । नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम् सदुपयोग गरेको भन्दै यो अवार्ड दिइएको हो ।