एक्सन स्टार निखिल उप्रेती अभिनीत चलचित्र “भिलेन” को पहिलो गीत सार्वजनिक गरिएको छ । “च्यानाकुटी झ्याई झ्याई …” बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल लगायतका कलाकार फिचर्ड छन् । अञ्जु पन्त र रामचन्द्र काफ्लेको गीतमा स्वर भरेका छन् ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा लाल कुमार बरालले संगीत भरेका छन् । दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ । गीत अवधिभर निखिललाई लुकाइए पनि अन्तिममा भने उनको एक धमाकेदार एक्सन सिन अटाइएको छ ।
निखिलका एक्सन प्रेमी फ्यानलाई चलचित्र प्रति आकर्षित गर्न गीतमा पनि उनको एक एक्सन दृश्यलाई निर्माण टिमले स्थान दिएको हो । अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको चलचित्र “पिंजडा ब्याक अगेन” पछि पुनः पर्दामा फर्किएका हुन् ।
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्र “भिलेन” लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।
निखिल र शिल्पाका अलावा फिल्ममा निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् ।चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । यो चलचित्र पुष २७ गतेबाट प्रदर्शनमा आउ दैछ ।
हेर्नुहोस् गीत:

