लायन्स क्लब अफ दमक स्विट सिटिले बुधबार विश्व मधुमेहको दिवस (November 14) को अवसर पारेर दमक स्थित दमक आम्दा अस्पतालको हाताभित्र मधुमेह सम्बन्धि जनचेतनामुलक होर्डीङ बोर्ड राखेको छ ।
लायन निर्मल खतिवडाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा रिजन चियर पर्सन लायन प्रहर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने क्लबका अध्यक्ष लायन रमेश कुमार कामत (विश्वास बाबु) को अध्यक्षतामा साथै क्लबका लायन मेम्बरहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथिले कार्यक्रमको प्रशंसा गर्नु भएको थियो । प्रत्यक्ष रुपमा जनमानसमा राम्रो सन्देश जाने र यसबाट धेरैले जानकारी लिन सक्ने खालको होर्डिङ बोर्ड राख्ने योजनाको कदर गर्दे स्विट सिटि परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमको बारेमा बोल्दै संयोजक लायन निर्मलले भन्नु भयो – लायन्स क्लबहरुको विभिन्न कार्यक्रम अन्तर्गत विश्व मधुमेहको दिन पारेर आफ्नो क्लबले मधुमेह सम्बन्धि जनचेतनामुलक काम गरेको र यस कार्यको लागि मधुमेह सम्बन्धि विशेषज्ञ डाक्टरहरुको सल्लाह बमोजिम होर्डिङ बोर्ड बनाएको बताउनु भयो । मधुमेह लागेको कसरी थाहा पाउन सकिन्छ र मधुमेह भई सकेको व्यक्तिले अपनाउनु पर्ने सावधानिहरुको बारेमा उल्लेख गरेर होर्डिङ बोर्डको निर्माण गरी आम्दा अस्पतालको अनुमति सहित यो कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो ।