adv

लायन्स क्लव अफ मिक्लाजुङका रुद्र भण्डारी वेस्ट प्रेसिडेन्टको अवार्डले सम्मानित

लायन्स क्लव अन्तर्गत डिस्ट्रिक्ट ३२५ ए.वानको दोस्रो रेगुलर क्याविनेट मिटिङ शनिवार विराटनगर स्थित आर.आर.एन.को सभाहल भट्टा चौकमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ विराटनगर मोरङ, विराटनगर फ्यूजन, इटहरी ग्रिन सिटी र दमक ग्रिन सिटीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता वर्ष १०१८/१९ का डिस्ट्रिक्ट गर्भनर लायन अनन्त भेटवालले गर्नु भएको थियो भने लायन्स क्लबका अग्रजहरुको प्रमुख अतिथी, अतिथीहरुको उपस्थिति रहेको थियो ।

विभिन्न लायन्स क्लबहरु साथै लायन्स क्लबका प्रेसिडेन्टहरुलाई विभिन्न विद्यामा प्रशंसा पत्रद्वारा सम्मानित भएको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ दमक स्विट सिटीले यसै वर्ष मातृत्व प्रदान गरेको लायन्स क्लब अफ मिक्लाजुङलाई नयाँ क्लबहरु मध्ये छोटो समयमा राम्रो र धेरै काम गरे वाफत क्लबका अध्यक्ष लायन रुद्र भण्डारीलाई गर्भनर लायन अनन्त भेटवालले बेस्ट प्रेसिडेन्टबाट सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा वर्ष २०१८/१९ का गर्भनरले आउने दिनहरुमा डिस्ट्रिक्ट ३२५ ए.वान लाई १ नम्बर पोजिसनमा ल्याउने र त्यसका लागि आगामी दिनहरुमा गर्नु पर्ने कार्यहरुको विवरण समेत पेश गर्नु भयो, भने सम्पूर्ण लायन्सहरुलाई उक्त कार्यमा सबैले हातेमालो गरेर जानु पर्ने वताउनु भयो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ दमक स्विट सिटीका अध्यक्ष रमेश कुमार कामत (विश्वास बाबु) पनि सम्मानित हुनु भएको थियो ।

Advertise Expired !

One thought on “लायन्स क्लव अफ मिक्लाजुङका रुद्र भण्डारी वेस्ट प्रेसिडेन्टको अवार्डले सम्मानित

  1. उचित कार्यको उचित मुल्याँकन एकदिन हुन्छ भन्ने कुराको प्रमाण हो यो,बधाई मित्र लायन रुद्र (भाई) लाई–

Leave a Reply

सम्बन्धित शीर्षकहरु