adv

किरावि संघका कार्यकर्ताहरु उपत्यका केन्द्रीत हुदै

तेस्रो तथा अन्तिम परिषद् बैठकको सबै तयारी पुरा

काठमाण्डौ, १३ मंसिर ।
किरात राई विद्यार्थी संघको तेस्रो तथा अन्तिम परिषद् बैठकका लागि यतिबेला किरावि संघका कार्यकर्ताहरु उपत्यका केन्द्रीत भइरहेका छन् । संघको इलाममा सम्पन्न आठौ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिको अन्तिम केन्द्रीय परिषद भेलाका लागि यतिबेला सबै जिल्लाहरुबाट भेलामा सहभागि हुन काठमाण्डौमा भेला हुने क्रम सुरु भएको छ ।


मंसिर १५ र १६ गते हुने केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोह नेपाल कमर्स क्याम्पस मीनभवनमा हुने जनाएको छ । उद्घाटन समारोह संगै संघको मुखपत्र नुलामको ११औं अंक समेत विमोचन हुने संघका महासचिव सोभित राईले जानकारी दिए ।
उद्घाटन समारोह सकिएसंगै परिषद बैठक सुरु हुने बताएको छ । यस कार्यकालको तेस्रो तथा अन्तिम परिषद् बैठकले संघको ९औं राष्ट्रिय सम्मेलनको मिति, स्थान समेत तोक्ने छ । मिति, स्थान तोकेसंगै केन्द्रीय कार्य समिति ९ आंै राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिने र आवश्यकता अनुसार विभिन्न उप–समितिहरु समेत गठन गरिने जनाएको छ ।
बैठकमा केन्द्रीय सचिवालय १५, केन्द्रीय सदस्य २२, परिषद् सदस्य २० र जिल्ला अध्यक्षहरु समेतको सहभागि रहने र बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको संघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु