adv

स्विट सिटीको स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ दमक स्विट सिटीको सक्रियतामा इलाम चुलाचुली स्थित बाँझोगाउँ माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

लायन टिका सापकोटाको संयोजकत्वमा भएको उक्त स्वास्थ्य शिविरमा ३ सय ४२ जनाले सहभागिता जनाएको थियो ।

इलामको शिखरकटेरी स्थित रहेको उक्त विद्यालय विकट ठाउँमा पर्ने भएको हुँदा उक्त स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र एकै ठाउँमा वृहत स्वास्थ्य शिविरको आयोजना गरिएको साथै उक्त कार्यको लागि दमकबाट पाथिभरा आइ क्लिनिक, निम्स नेश्नल अस्पताल र आमा डेण्टल केयरबाट विशेषज्ञहरुको टोली सहित औषधीहरु पनि निःशुल्क रुपमा वितरण गरिएको वर्ष २०१९ का प्रेसिडेन्ट लायन रमेश कुमार कामत (विश्वास बाबु) ले बताउनु भयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु