adv

आत्मानन्द गोल्डकपको उपाधि सर्वोत्तममुखी यासोक पाचथरको पोल्टामा

आत्मानन्द गोल्डकप लगातार तेस्रो पटक सर्वोतममुखी यासोकलाई

इलाम, १७ मंसीर ।
इलामको माङसेबुङमा आयोजित आत्मानन्द गोल्डकप ११औं संस्करणको उपाधि सर्वोतममुखी यासोक पाचथरले आफ्नो पोल्टामा पार्न सफल भएको छ । माङसेबुङ खेलमैदानमा भएको फाइनल खेलमा बुद्ध स्पोर्ट्स क्लब चन्दगढी झापालाई ४–१ को फराकिलो अन्तरले हराउदै लगातार तेस्रो पटक उपाधि उचालेको हो ।
सोमबार भएको फाइनलमो सहजजितनिकाल्दै यासोक पा“चथरले उपाधिचुमेको हो । जितस“गै यासोकले आत्मानन्द गोल्डकपको लगातार तीन संस्करणको विजेता बन्ने पहिलो भाग्यशाली टिम बनेको छ । यासोकले यसअघिको नवौं र दशौं संस्करण समेत जितेको थियो ।


जितसँगै सर्वोतममुखी पा“चथरले नगद एक लाख ८ हजार ६५ रुपैया“ प्राप्त गरेको छ भने उपविजेता बुद्ध स्पोर्टस क्लब चन्द्रगढी झापाले नगद ७५ हजार ६५ रुपैया“मा चित्त बुझाएको छ ।
पहिलो हाफमा नै अग्रताकायमगर्न सफलयासोकले दोश्रो आफमा समेत अग्रता बढाएको थियो । खेलको १३ औ ंमिनेटमा यासोकका प्रकाश सुब्बाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । २०औं मिनेटपछि पुनःयासोकका प्रकाश सुब्बाले नै गोल गरी अग्रता दोब्बर बनाए । २३ औंमिनेटमा झापाका अभ्यास लिम्बुले जवाफीगोल फर्काएका थिए ।

पहिलो हाफमा नै २–१ को अग्रता बनाएको यासोकले दोश्रो हाफमा समेत उत्कृष्ठ खेल प्रदर्शन गर्दै दोस्रो हाफमा पुनः २ गोल थप्न सफलबन्यो । दोश्रो हाफको १५ औं मिनेटमा यासोकका भुवन बस्नेतले गोल गरी ३–१ अग्रता बनाए । पुन २५ औंमिनेटमा बस्नेतले नै गोल गरी टिमलाई ४–१ को सानदार जितसगै उपाधि दिलाउन सफल बने ।
उतापहिलो हाफमाकमजोर प्रदर्शन गरेको चन्दगढीले दोश्रो हाफमा समेत खेल स’धार गर्न सकेन । आक्रामकखेलेको यासोकसामू रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । अन्तत्व चन्दगढीले उपविजेतामाचित्तबुझाउनबाध्य बनेको थियो ।
प्रतियोगिताका सर्वाधिकगोलकर्ताविजेतायासोक पाचथरका भुवन बस्नेत,उत्कृठ खेलाडीयासोककै मिलन राई, उत्कृष्ठ डिफेन्डरउपविजेता चन्दगढी झापाका सुवास तामाङ र उत्कृष्ठ गोलकिपरविजेतायासोक पाचथरका मनोज प्रधानघोषित भए । उनीहरु प्रत्यकले नगद ८÷८ हजार रुपैया प्राप्त गरे ।


गएको ८ मंसीरदेखि संचालितप्रतियोगितामाइलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीतारहेको थियो ।
किरात धर्मगुरु आत्मानन्दलिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्दगोल्डकपको ११ औं संस्करण प्रतियोगिताआयोजना गरिएको थियो । २०६५ सालदेखि आत्मानन्दलिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनि ‘आत्मानन्दगोल्डकप’ को आयोजना गरिदैं आएको छ ।
सम्बन्धित तस्वीर पनि पठाएको छु ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु