इलामको माङसेबुङमा शनिबार आयोजित सावयेहाङ खिवेक्वा याक्वा सेवा माङवा हाङवा कार्यक्रम २०७५लाई सम्बोधन गर्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत ।इलाम : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले माङसेबुङलाई प्रदेश १ को धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवा माङवा हाङवा कार्यक्रम २०७५ को उद्घाटन गर्दै कृषी पर्यटन उद्घाेग वन तथा वातावरणा मन्त्री कुसियैतल माङसेबुङलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार तयार रहेको बताए ।

अन्न बालि लाउने समयमा अन्न धेरै फलाेस राेग बिराम नलागाेस्, बालि नालि राम्राे बनाेस् भनेर गरिने भुमि पुजा अर्थात यस उभाैली पुजाकाे अवसरमा मन्त्री कुसियैतले सम्बाेधन गर्दै प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूलार्इ दाेस्राे प्राथमिकतामा राखेकाे हुनाले पनि यस क्षेत्रकाे समग्र विकासमा प्रदेश सरकार सकारात्मक रहेकाे बताए ।
प्रचार प्रसारलाई प्राथमिकता दिएर बढि भन्दा बढि पर्यटक भित्र्याउन सके पर्यटककाे संख्या बढ्रनुका साथै अायस्तरमा समेत विसास हुने दावी गरे । मन्त्री कुसियैतले पर्यटकीय क्षेत्रको विकास गर्न तीनै तहका सरकारबीच साझेदारी आवश्यक रहेको बताए ।धेरै सम्भावना बोकेको यस क्षेत्रलाई विकास गर्न सके यहाँको जनताको आर्थिक जीवनस्तर उकास्न सकिन्छ’ मन्त्री कुसियैतले भने, ‘त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच साझेदारी हुन आवश्यक छ ।’
यसै अवसरमा चुरे संरक्षण तथा अनुसन्धान केन्द्रकाे तर्फबाट केन्द्रकाे अध्यक्ष नन्दकुमार नेम्बाङले मन्त्री कुसियैतलार्इ यस माङसेबुङ क्षेत्रमा बढि चुरे क्षेत्रहरू रहेकाे कारणले गर्दा पनि संरक्षणकाे संरक्षणकाे अावश्यकता अाैल्याउँदै ज्ञापन पत्र बुझाएकाे थियाे ।
कार्यक्रमलाइ सम्बाेधन गर्दै माङसेबुङ गाउँपालिका उपाध्यक्षा सुनिता सुब्बाले भने– यस क्षेत्रकाे समग्र विकासकाे लागी गाउँपालिका लागिरहेकाे बताए । सँगै प्रदेश सरकार र संघीय सरकारहरूमा गाउँपालिकाका विभिन्न याेजना कार्यक्रमहरू सहकार्यमा गरिने बताए ।

कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले आर्शिवचन दिदैं सबै झक्तजनलाई शान्तिको पक्षमा लाग्न आग्रह गरे । खिवेक्वा पर्वलाई विशेष महत्व दिएर मनाइने भएको र आत्मा शुद्ध भएर सबैलाई शान्तिको पक्षमा लाग्न लिङदेनले आग्रह गरे ।
यसअघि बिहिबार मेक्वा खोलामा गालीश्राप वहन्ती गरिएको थियो । पिता पुर्खाको गाली श्राप नलागोस भनेर यो कर्म गरिन्छ । शुक्रबार विश्व शान्ति र मानव एकताका लागि पुजा गरिएको थियो ।
कार्यक्रममा अमेरीका, बेलायत, हङकङ, बर्मा, भुटान, दार्जिलिङ, सिक्कीम लगायत नेपालका विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु कार्यक्रममा सहभागी हुन माङसेबुङ आएका छन् ।
प्रकृति पूजक किरात समुदायले विशेष पर्वको रुपमा मनाईने सावयेहाङ खिवेक्वा याक्वा सेवा माङवा हाङवा वितरणा कार्यक्रम देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।




