adv

नयाँ वर्ष यलेसम्वतको अवसरमा लाक्तापामा साँस्कृतिक कार्यक्रम


माङसेबुङ, ४ माघ ।
बिहानको मिर्मिरे घामसँगै लाक्तापा नवमी डाडाँको माहोल बेग्लै बन्दै थियो । बिहानको झिसमिसेमानै डाडाँमा धुवाहरु निस्कन्दै गरेको गाउँलेहरुले दखिरहेको थियो । हल्लाखल्ला पनि चलिरहेको थियो । भिड पनि बाक्लिन्दै थियो । विल्कुलै माहोल बेग्लै थियो ।
कोहि आगो बाल्दै थिए । कोही पानी तताउदै थिए । कोही पाहुनाहरुलाई बसाउने ठाउँको व्यवस्था गर्दै थिए । कोही सामान डाडाँतिर ओसार्दै थिए । कोही हातमा दाउरा बोक्दै थिए । कोही डोका भारी उचाल्दै थिए । भएका जति सबै साना ठुला आफुले सक्ने काम गरिरहेको थियो ।
त्यो सबै दृष्यहरु अरु केही नभएर माहोल हर्षउल्लासको थियो, खुसिको थियो । माघ १ गते किरातीहरुको नयाँ वर्ष यलेसम्वत (यलेदोङ, यलेतङवे) अवसरमा लाक्तापा युवा समूहले माङसेबुङ गाउँपालिकाले माघ १ गते सार्वजानिक विदा भनेर गरेको निर्णयको स्वागत तथा नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको थियो ।


स्थानीय स्रोत र साधनको खोजि गरी प्रयोगमा ल्याउनु पर्छ भन्ने कुरामा जोड दिदै कार्यक्रममा खदाको विकल्पमा फुलको माला, व्याजको विकल्पमा लिम्चुङबुङ, युज एण्ड थ्रो प्लेटको विकल्पमा वरको पत्ताबाट गाउँमा तयार हुने टपरी (ठहरा) को प्रयोग गरिएको थियो । विकल्पहरुको खोजि गरिए स्थानिय स्तरमा नै प्रसस्तै स्रोतहरु रहेको आयोजक समिति सदस्य सुजन राईले जिकिर गरे ।
नयाँ वर्षको उपलक्ष्यमा विभिन्न साँस्कृतीक कार्यक्रम साथै विभिन्न खेलहरुको आयोजना गरि भव्य रुपमा मनाएको थियो । युवा समूहका संयोजक कुश राईको अध्यक्षतामा तथा किरात राई यायोक्खा माङसेबुङ वडा अध्यक्ष सुरेश राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माङसेबुङ गाउँकार्यपालिका सदस्य संगिता राई, सिमसारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिकाराम राई, दमक चिसापानी रवि (फाल्गुनन्द मार्ग) उपभोत्ता समितिका बरिष्ठ उपाध्यक्ष शुसिल कुमार राई, समाजसेवी गजेन्द्र राई, कादुरी संस्थाका फिल्ड सुपरभाइजर जसध्वज लिम्बु, चकमके सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ज्योती राई, समाजसेवी रत्नप्रसाद राई, तेज कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माङसेबुङ गाउँकार्यपालिकाले माघ १ गतेको दिन सार्वजानिक विदा दिएको उपलक्ष्यमा त्यसको स्वागतार्थ पनि कार्यक्रमको आयोजना गरिएको समूहका उपाध्यक्ष इन्द्रहाङ राईले बताए ।
कार्यक्रमलाई सफल बनाउन अविभावकहरु र अन्य सहयोग दाताहरुबाट प्राप्त रकमसँगै गाउँ घरबाट नै धेरै जसो सामग्री उपलब्ध गराएको समूहका कोषाध्यक्ष बिनुषा राईले बताए । कार्यक्रम समुहका सदस्य सचिव सुसन राईले सञ्चालन गरेको थियो भने सदस्य सविना राईले स्वागत मन्तव्य राखेका थिए ।

Advertise Expired !

One thought on “नयाँ वर्ष यलेसम्वतको अवसरमा लाक्तापामा साँस्कृतिक कार्यक्रम

  1. सानो गाउँ भएर पनि कार्यक्रम राम्रोसँग सन्चालन गरेको खबरले सारै खुसी लागेको छ। आगामी दिनहरुमा अझै यस्ता कार्यक्रमहरु सन्चालन गर्दै जानू होला शुभकामना छ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु