adv

मृगौला पिडित १५ बर्षिया नुमाका लागि सहयोगको अपिल, कृपया १ शेयर गरेर भएपनि सहयोग गरिदिनु होला !


झापा बुद्धशन्ति ४ की मृगौला पिडित १५ बर्षिया नुमा लिम्बुका परिवारले उनको उपचारको लागी सबै संग सहयोगको अपिल गरेका छन ।

आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले सहयोगको अपिल गरेको हो । उनको लालतिपुर स्थीत सुमेरु अस्पताल बाट रोग प्रमाणित भएको थियो । गत महिना देखि दुबै मृगौलाले काम नगर्ने भए पछी थलिएर बसेकी लिम्बुको अर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइएको छ ।

नुमालाई उपचारमा अहिले सम्म ऋण गरेर ७ लाख रुपैया खर्च गरि सकेको र थप उपचारको लागी सबैले सहयोग गरिदिन पिडितका बुबा इन्द्रध्वज लिम्बुले बताउनु भयो ।

चिकित्सकको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्न ४० लाख रुपैया लाग्ने भएकोले सहयोगी मनहरुले साथ दिन सबै संग आग्रह समेत गर्नु भयो । पिडित लिम्बु स्थानीय मुनामदन एकाडेमीमा कक्षा ९मा अध्यनरत रहेको बताइएको छ ।

-गोबिन लुवागुन 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु