adv

झापाको शिबसताक्षीमा खेलाडीलाई सम्मान !

झापाको शिबसताक्षी नगरपालीका नगर खेलकुद बिकास समितिले नगरका दुईजना खेलाडीलाई सम्मान गरेको छ ।
शुक्रबार नगर नगर खेलकुद बिकास समितिले एक कार्यक्रमको आयोजना गरि फुटबल खेलाडी सन्जित राई र भलिबल खेलाडी सुजन रिजाललाई सम्मान गरेको हो ।

फुटबलका सन्जित राई अन्डर १८का राष्ट्रिय खेलाडी हुन भने सुजन रिजाल प्रदेश स्तरीय भलिबल खेलाडी रहेको बताइएको छ । खेलको बिकासले नगर समृद्ध हुन समेत मद्धत पुग्ने भएकोले नगरले गत बर्ष बाट मेयर कप शुरु गरेकोले निरन्तरता दिने शिबसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्माले बताउनु भयो ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल मार्फत शिबसताक्षीको गौरव बढाएकोले खेलाडीलाई सम्मान गरिएको शिबसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्वा तामाङले जानकारी दिनु भयो । सम्मानित खेलाडिलाई प्रोत्साहन स्वरुप नगर खेलकुुद बिकास समितिको तर्फवाट ५हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

-गोबिन लुवागुन 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु