इलाम, २० माघ ।

माङसेबुङ खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिता खेलको आज आइतबार भएको फाइनल खेलमा वडा नं. ५ लाई पराजित गर्दै वडा नं. ३ विजयी भएको छ । माङसेबुङ खेल मैदानमा भएको खेलमा वडा नं. ३ ले विजयी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
माङसेबुङ खेल विकास समितिले खेलकुद समितिले गाउँपालिकाको खेलकुद क्षेत्रमा विकास पुराउने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगितात्मक खेलमा वडा नं. १ र वडा नं. २ लाई पराजित गर्र्र्दै वडा नं. ३ फाइनल प्रवेश गरेको थियो ।
फाइनल खेलको पहिलो खेलमा ८–२५ अंकले पराजित गर्दै वडा नं. ३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । दोस्रो खेलमा १९–२५ अंकले निकाल्दै वडा नं. ५ ले बेस्टप थ्रि खेल्ने पक्का गरेको थियो । तेस्रो खेलमा १८ अंकमा नै रोक्दै वडा नं. ३ ले नतिजा आफ्नो पोल्टामा पारेको थियो ।

फाइनल खेलमा वेस्ट सटर वडा नं. ५ का भिम राई, वेस्ट डिफेन्स वडा नं. ५ का पदम लिम्बु, वेस्ट प्लेयर वडा नं. ३ का श्रीप्रसाद लिम्बु र वेस्ट लिफ्टर वडा नं. ३ का रोनिश राईले प्राप्त गरेका थिए ।
माङसेबुङ खेलकुद समिति वडा नं. ३ का खेल क्याप्टेन सुवास बार्ताङ राईको नेतृत्मा गएको थियो ।

