adv

हिमालय प्रा.वि.को ४० औं बार्षिक उत्सव साथै छात्रवृत्ति अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न

शिवसताक्षी–२ स्थित हिमालय प्राथमिक विद्यालयले आफ्नो विद्यालय स्थापनाको ४० औं बार्षिक उत्सव भव्यताका साथ मनाएका छन् । माघ २७ गते सरस्वती पूजा सँगै भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व. हंसवीर र वहाँकी धर्मपत्नि स्व. न्युतन शेर्माको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयमा अध्ययनरत छात्रा/छात्रहरुलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि सांसद माननिय महेन्द्र सुब्बाले गर्नु भएको थियो , साथै विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो । कार्यक्रमको विषयमा बोल्नुहुँदै सुब्बाले भन्नु भयो आगामी दिनमा विद्यालयको स्तरोन्ती र विभिन्न विषयमा सहयोग गरीने बताउनु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई सहयोग पु¥याउनु हुने सहयोगी दाताहरुलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य, गायनहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान समेत गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु