
अक्षय कुमारको घरमा जबरजस्ती घुस्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बलिउड एक्सन हिरो अक्षय कुमारको घरमा उनी जबरजस्ती घुस्ने प्रयास गरिरहेका थिए । उनी दुई घण्टासम्म घर छेउको एउटा रुखको आडमा लुकेर बसेका थिए । खबरका अनुसार ती युवकलाई जबरजस्ती घरभित्र घुस्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।

अंकित गोस्वामी नाम गरेका ती व्यक्ति अक्षय कुमारलाई भेट्नको लागि हरियाणाबाट आठ हजार रुपैयाँ बोकेर मुम्बई आएका थिए । मंगलबार उनी अक्षय कुमारको घर पुगेका थिए । गार्डले उनलाई भित्र जान नदिएर बाहिरै रोकेको थियो ।
त्यसपछि, उनी एउटा टेम्पो माथि चढे र बार नाघेर भित्र घुस्ने प्रयास गरे । नसकेपछि उनी घरछेउकै एक रुखको आडमा दुईघण्टासम्म लुकेर बसिरहे । फेरि उनले राति साढे एक बजे जबरजस्ती घरभित्र घुस्ने प्रयास गरे । तर उनलाई पक्रेर प्रहरीको जिम्मा लगाइयो ।
उनी अक्षयकुमारको घरभित्र घुस्न खाजेको दिन अक्षयकुमार भने घरमा थिएनन् । कामको सिलसिलामा उनी बाहिर गएका थिए ।

२० वर्षीय अंकित अक्षय कुमारका ‘क्रेजी फ्यान’ हुन् । उनी अक्षय कुमारलाई भेट्न भनेरै मुम्बई आएका थिए । इन्टरनेटमा खोजेर अक्षकुमारको घरको ठेगाना पत्ता लगाएको अंकितले बताएका छन् ।
फिल्मको कुरा गर्ने हो भने अक्षयकुमार अब चाँडै फिल्म ‘गुड न्युज’ मा देखिनेछन् । यसको साथै उनी रोहित शेट्टीको फिल्म सूर्यवंशीमा पनि देखिनेछन् ।
यसमा उनी प्रहरी अफिसरको भूमिकामा प्रस्तुत हुँदैछन् । यसको साथै उनको नयाँ फिल्म केशरी पनि आउँदै छ । २१ मार्चका दिन रिलिज हुने यस फिल्ममा परिणिति चोपडा अक्षको विपरीत भूमिकामा हुनेछिन् ।

