adv

हेलिकप्टर दुर्घटनाले शोकमा डुब्यो देश, भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका ७ जनाको शोकमा बिहिबार सार्वजनिक विदा दिइएको छ । साथै सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।

हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो । घटनाको छानबिन गर्न ४ सदस्यीय समिति गठन भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु