adv

पाइलट केसी युवा भएपनि अनुभवी पाइलट थिए

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। हेलिकप्टर फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए।

पाइलट केसी काठमाडौं ताहचल निवासी हुन् । उनी ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए । उनले साढे ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए । उनी युवा भएपनि अनुभवी पाइलट भएको बताइएको छ । केसीको परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसी समेत छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु