शिवसताक्षी–२ स्थित देबदूत चौक देखि ज्योति चौक सडक खण्डमा रहेको धाँधरमा पक्की कल्भर्ट निर्माण गर्नका लागि २ गते शनिबारका दिन उपभोक्ता समिति गठन गरिएको छ । शिबसताक्षी वडा नं ३ निर्बाचन क्षेत्र नं ४ (क) अन्तरगत प्रदेश माननीय संसद झलकसिं दर्लामीज्यूको संसद निर्बाचन क्षेत्र पूर्बाधार बिकास कार्यक्रम अन्तरगत बिनियोजित रकम रु १५,००००० पन्ध्रलाख बराबरको धाँधर खोलामा पक्की कल्भर्ट निर्माण कार्य योजना कार्यान्वयन गर्न उपभोक्ता समिती तथा अनुगमन समिती तपशील बमोजिम गठन गठन भएको छ । उपभोक्ता समितिहरुमा क्रमशः अध्यक्ष नकलमान लिम्बु, सचिव मान बहादुर थापा, कोषाध्यक्ष पदमा दाहाल, सदस्यहरुः चन्द्रकला नेपाली, प्रेम प्रसाद लिम्बु, टेकधन लिम्बु, कला सुब्बा रहेको छ भने अनुगमन समितिहरुमा क्रमशः संयोजक दुर्गा बुढाथोकी, सदस्यहरुः ओकील वेघा, जमुना सुब्बा, हरिमाया शेर्मा, धनपति वि.क. रहेका छन् ।

धाँधर खोलामा पक्की कल्भर्ट निर्माण सम्पन्न भए पश्चात श्री हिमालय प्रा.वि. अध्ययन गर्न आउने छात्राछात्रहरु, किरात हाङ्साम माङ्हिममा आराधना गर्न जाने भक्तजनहरु, साथै स्थानिय स्तरमा कृषि उपजका दैनिक उपभोग्य सामानहरु गर्दा बेहोर्नु पर्ने झन्झटबाट मुक्त हुने साथै धरमपुर कृषि पर्यटन सिमसार क्षेत्र विकासको आधार समेत हुने स्थानिय नेता सन्जय राईले जानकारी दिनु भयो ।

