काठमाडौं, ५ चैत ।
कवि शोभा सनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह उरूर मंगलबार विमोचन भएको छ । सुनुवार सेवा समाजको कार्यालय कोटेश्वरमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा कृति विमोचन भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको विशेष उपस्थिति रहेको थियो ।

प्राज्ञ श्रवण मुकारुङले भाषा बलियो भएमा साहित्य बलियो हुने कुरा बताएका थिए । मातृभाषाको विकास भएमा मात्र समुन्नत मानवको विकास हुने र मानवको विकास भए देशविकास हुने कुरालाई मुकारुङले जोड दिएका थिए । मुकारुङले नेपाली भाषामा १०% भाषाभाषीबाट आएका शब्दहरू रहेका छन्, त्यसैले सम्बृद्ध नेपाली भाषा बनाउन मातृभाषाको संरक्षण अपरिहार्य रहेको पनि बताएका थिए ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले दुईभाषामा कलम चलाउन सक्नु महत्वपूर्ण कुरा भएको बताएका थिए । नेपालमा भाषाहरूलाई कामकाजको रूपमा लान नसकिएको समस्या डा. अवस्थीले बताएका थिए । परिवारमा मात्र बोलिने, परिवार पनि छुटफुट भइरहेकोले भाषा समस्यामा पर्दै जानु प्रमुख कुरा हो, उनको कथन थियो ।
सुनवार भाषिक कवि शोभा सुनवारको उरुरलाई ‘भाषाको लागि साहित्य’ अभियान चलाउँदै आएका चुप्लु समाजले प्रकाशन गरेको हो ।कार्यक्रममा सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारको सभापतित्व रहेको थियो भने उत्तम सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो ।


विशेष धन्यवादका सब्दहरु बर्साउदै शुभकामना दिन चाहान्छु, भासा कवि सोभा सुनुवार ( ज्युलेट) दिदिलाइ,